थापाथालीको प्रसुती गृहमा तीन जना डाक्टरसहित ८ जनामा कोरोना संक्रमण

प्रकाशक August 23, 2020
थापाथालीको प्रसुती गृहमा तीन जना डाक्टरसहित ८ जनामा कोरोना संक्रमण

७ भदौ , थापाथलीस्थित प्रसूति गृहमा तीन जना डाक्टर सहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

संक्रमित हुनेहरुमा नर्स , सुरक्षा गार्ड तथा फार्मेसीमा काम गर्ने व्यक्त्ति समेत रहेको अस्पाताल स्रोत ले बताएको छ ।संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेका छन् । अस्पतालमा भर्ना भएका बिरामीमा  भने कसैलाई पनि संक्रमण देखिएको छैन।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालले सेवा प्रबाह गरि जनतालाई सुबिधा दिई राख्ने अस्पताल स्रोतको जानकारी छ । अस्पतालले संक्रमण पछी झनै सतर्कता बढाएको छ ।