५ लाख ९२ हजार परिक्षण : ३१ हजार ११७ संक्रमित पुष्टि

News Desk August 22, 2020
५ लाख ९२ हजार परिक्षण : ३१ हजार ११७ संक्रमित पुष्टि
भदौ ६, काठमाडौं ।
नेपालमा कोरोभिड १९ (कोरोना)को संक्रमण देखिएयता ५ लाख ९२ हजार ४१८ परिक्षण भएकोमा ३१ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र देशभर ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश ब्रिफिङ मार्फत जानकारी गराएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरेर जम्मा १२ हजार ५१९ जनाको पीसीआर टेष्ट गरिएको थियो ।
यस अवधिमा काठमाडौं उपत्यकामा २१६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा ६० जना कोरोना संक्रमित थपिएका हुन् ।
गत २४ घण्टाम देशभरबाट १३६ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त भएर घर फर्कनेको संख्या १८ हजार ३५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । कुल संक्रमित मध्ये १२ हजार ६२१ जना कोरोना संक्रमितलाई आइसोलेशनमा राखिएको छ ।