सिन्धुपाल्चोक पहिरो: थप ५ जना को सव फेला

समाचार डेस्क August 21, 2020
सिन्धुपाल्चोक पहिरो: थप ५ जना को सव फेला

५ भाद्र, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोक को लिदी मा गएको पहिरो मा परी हराईरहेका मध्ये सुक्रवार बिहान ५ जना को सव फेला परेको छ ।

गत सुक्रवार बिहान सिन्धुपाल्चोक को लिदी मा गएको पहिरो मा परि ३९ जना बेपत्ता भएका थिए बेपत्ता मध्ये आज सुक्रवार बिहान फेला परेका ५ जना सहित ३० जना को सव भेटिएको छ ।

आज फेला परेका सवहरुमा हिरा दोङ, सानुकान्छा दोङ, बिबिरानी दोङ, ललिता दोङ र सङ ल्हामु पाख्रीन दोङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

हालसम्म फेला परेका सव हरु मध्ये १६ पुरूष र १४ महिला छन् । तीमध्ये १४ बालबालिका मात्रै छन्  अझै ९ जना को सव फेला परेको छैन सव को खोजीकार्य मा नेपाली सेना नेपाल प्रहरी र स्थानीय लागिपरेका छन् ।