कोरोना संक्रमण डरलाग्दो रुपमा फैलदै , आज एकैदिन भेटियो ७०७ जनामा संक्रमण

प्रकाशक August 20, 2020
कोरोना संक्रमण डरलाग्दो रुपमा फैलदै , आज एकैदिन भेटियो ७०७ जनामा संक्रमण

४ भदौ , छिल्लो २४ घण्टामा देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले ७०७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन ।

साथै बिहीबार देशभरबाट २ सय ६३ कोरोना संक्रमित उपचारपछि निको भएर घर  फर्केका छन् ।  आज देशभर ११ हजार ५ सय ५५ जना स‌क्रिय संक्रमित रहेका गाैतमले जानकारी दिए।  आजसम्म १७ हजार ९ सय ६४ जना  डिस्चार्ज भएका पनि उनले बताएका छन् । काठमाडाैंमा मात्रै आज १ सय ७४ संक्रमित भेटिएका हुन्। त्यसैगरी ललितपुरमा १८ जना भेटिएका छन्। त्यसैगरी भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्। नुवाकोटमा आज ३ जना नया संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसैगरी आज मात्र देश भर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।