निषेधाज्ञा पालन नगर्नेलाई प्रहरीले गर्यो अनौठो कारबाही

News Desk August 20, 2020
निषेधाज्ञा पालन नगर्नेलाई प्रहरीले गर्यो अनौठो कारबाही

भदौ ४, काठमाडौ ।

बाहिर निस्कन लाग्नु भएको छ भने सावधान हुनुहोस्, तपाईं प्रहरीको फन्दामा पर्नुहोला । विहिबार विहान निषेधाज्ञा पालन नगर्ने सर्वसाधारणलाई प्रहरीले अनौठो कारबाही गरेको छ ।

प्रहरीले नयाँ बानेश्वरमा निषेधाज्ञा पालन नगर्ने व्यक्तिहरुलाई केहीबेर होल्डिङ सेण्टरमा उभ्याएर छाडि दिएको हो । उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयहरुले साउन बुधबार मध्यरातदेखी लागूहुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

यस पटक अघिल्लो पटक भन्दा थप कडाइ र सतर्कता अपनाइने प्रहरी प्रशासनले बताउँदै आएको छ । सोही अनुसार उपत्यकाका गल्लि र चोकहरुमा प्रहरी तैनाथ गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै गएका कारण निषेधाज्ञाको पालना नगर्ने जो कोहीलाई पनि नछाडिने प्रहरीले बताएको छ ।