आज तीज को दर खाने दिन

समाचार डेस्क August 20, 2020
आज तीज को दर खाने दिन

४ भाद्र, नुवाकोट

उमेश थापा 

आज हरितालिका तिज को अघिल्लो दिन दर खाने दिन को रुप मा लिइन्छ ।

आज बेलुका दर खाई भोलि निराहार ब्रत बस्ने चलन नेपाली हिन्दु समाज मा परापूर्वकालदेखि चलिआएको छ ।
भाद्र शुक्ल द्दितीया को दिन निराहार ब्रत बसे सक्ति प्राप्त गरिने अनि बिहे नभएका हरुले राम्रो पति पाउने, अनि विवाहित महिला ले आफ्नो पति को दिर्घायु हुने बिस्वास मा यो पर्व मनाईन्छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ ।
परपुर्व काल मा माता पार्वती ले श्री महादेव स्वामी पाउ भनि ब्रत बसेको र उनको ब्रत सिद्ध भएको कथ्य छ तर सास्त्रीय रुप मा भने तिज मा निराहार ब्रत बस्नु पर्ने कुरा उल्लेख नभएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन ।

दर खाने दिन को भोलिपल्ट तिज को ब्रत पर्छ सोहि ब्रत बस्न लाई दरिलो बन्न को लागि दर खाने प्रचलन रहेको हो दर खाने प्रचलन स्थान बिशेस फरक फरक छ कतै बेलुका अन्य खानेकुरा नखाई दर खाईन्छ भने कतै खाना खाईसकेपछी दर खाने पनि प्रचलन रहेको छ र अझै कतै कतै मद्यरात मा उठेर दर खाने पनि गरिन्छ ।

तर यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन नगर्न सरकार ले अनुरोध गरेको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको हो । काठमाडौं उपत्यकामा दर खाने दिनदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीजको रमझम र चहलपहल छैन ।