लियोनलाइ ३-० ले हराउदै म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

प्रकाशक August 20, 2020
लियोनलाइ ३-० ले हराउदै म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

४ भदौ , पोर्चुगलको लिस्बनमा लियोनलाइ ३-० ले हराउदै ब्रायन म्युनिख च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको खेलमा जर्मनीका फरवार्ड सेर्जे गेंब्री को चमत्कारिक खेलका कारण लियोन च्याम्पियन्स लिगको सेमीफाइनलबाट बाहिरिएको हो । एकतर्फी दबदबा भएको उक्त्त खेलमा बार्यनका लागि सेर्जे गेंब्रीले १८ र ३३ औ मिनेटमा गोल गरे भने ८८ औ मिनेटमा लेओनडोस्कीले गोल गरि ब्रायानका लागि ३-० को सहज जित दिलाए ।

यो संगै बार्यनले फाईनलमा पिएसजी संगको भेट पक्का गरेको हो । पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।फाइनल खेल २३ अगस्टमा पिएसजी र ब्रायन म्युनिख बिच लिस्बनको मैदानमा हुदैछ ।