अति आवस्यक सेवा बाहेक आज देखि काठमाडौं पूर्ण रुप मा कर्फ्यु,

समाचार डेस्क August 20, 2020
अति आवस्यक सेवा बाहेक आज देखि काठमाडौं पूर्ण रुप मा कर्फ्यु,

४ भाद्र काठमाडौं ।

बुधवार राती १२ बजे देखि लागु हुने गरि काठमाडौंले मा कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जारी गरेको जरुरी सूचनामा प्रयोजन खुल्ने सामग्रीहरु लिई हिँडेका सवारी साधनहरुलाई आवश्यक सहजीकरण हुने उल्लेख छ ।

सुचना मा भनिएको छ अति आवश्यक सेवाहरु जस्तै दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा) हरु संचालन मा आउने छ ।

त्यस्तै कृषि तथा पशुपन्छी सम्बन्धी कार्य (कृषिजन्य बिउ बिजन, माछा–मासु र मासुजन्य पदार्थ, दाना र भेटनरी सम्बन्धी), बैंक तथा वित्तीय कारोबार, विमा सम्बन्धी कार्य, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु को सहज आपूर्ति हुने छ ।

खानेपानी, ग्याँस, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स–शव वाहन–दमकल, कूटनैतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट, वा सरकारी छापाखाना सम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति, विवाह प्रयोजन (७ जनामात्र) सामेल हुन पाईने छ ।

साथै कोरोना को रोकथामका लागि आवश्यक पर्ने क्वारेन्टाइन, आइसोलेसनको व्यवस्थापन सम्बन्धी कार्यहरु सञ्चालनको लागि सम्बन्धित निकायबाट जारी फोटोसहितको परिचयपत्र भएका साथै कार्य प्रयोजन खुल्ने सामग्रीहरु लिई हिँडेका सवारी साधनहरुलाई आवश्यक सहजीकरण हुने व्यहोरा  सूचनामा उल्लेख  छ ।