जाइकाले बनायो नुवाकोटका ५७ विद्यालय

प्रकाशक August 19, 2020
जाइकाले बनायो नुवाकोटका ५७ विद्यालय

– बसन्त तिमिल्सिना

भदौ ३, नुवाकोट ।

जापानी संस्था जाइकाले नुवाकोटका ५७ वटा विद्यालयको पुनःनिर्मण गरिरहेको छ ।

जापान सरकारबाट ओडिए लोन मार्फत १५ वटा प्याकेजमा ५७ वटा बिद्यालय सम्झौता भइसकेको नुवाकोटका लागि जाइकाका लागि कन्सल्टेन्टका प्रमुख दिलिप यादबले दुप्चेश्वर न्युजलाई जानकारी दिए । यसमध्ये ५० वटा बिद्यालय सम्पन्न भर्इ हस्तान्तरण समेत भइसकेको छ। त्यसैगरी थप १३ वटा बिद्यालय पुनस् निर्माण गर्नका लागि बिद्यालय निरीक्षण र छनौट भइ प्रक्रियामा रहेको यादवले बताए ।

२०७२ सालको विनासकारी महाभूकम्पपछी नुवाकोटका अधिकांश विद्यालयहरु पूर्णरुपमा क्षति भएका थिए । क्षतविक्षत भएका बिद्यालयहरुको पुनःनिर्माणमा जापानी संस्था जाइकाले गरेको सहयोग अतुलनिय रहेको दुप्चेश्वर गाउँपालिकास्थित महादेव मा.वि.का प्रधानाध्यापक रमेश थापा बताउँछन् । भुकम्पले विद्यार्थीलाई चौरमा ल्याइपुर्याएको थियो । अहिले सुविधा सम्पन्न भवनमा पढ्न पाएका छन्, उनले भने ।

शिक्षा क्षेत्रको जग उचाल्ने काममा जाइकाको भूमिका अग्रणी रहेको विद्यालय संवद्धहरु बताउँछन् । जाइकाले निर्माण गरेको सम्पूर्ण बिद्यालय भवनहरु भौतिकरुपमा सुबिधा सम्पन्न हुनकाु साथै बालमैत्री र अपांगमैत्री रहेक यादव बताउँछन् ।

महाभूकम्प पछिको कठिन परिस्थितीमा निर्माण गरिए पनि उक्त भवनहरु जुनसुकै विपद आइपर्दा पनि समुदायले आश्रयस्थलका रुपमा प्रयोग गर्न सक्ने गरी बनाइएको जाइकाले बताएको छ ।

निर्माण हुन बाँकी रहेको ७ बिद्यालय छिट्टै सम्पन्न भइ हस्तान्तरणको प्रक्रियामा रहेको प्रमुख यादबले बताएका छन्। जाइकाले जापान सरकारको ओडिए लोनमार्फत नुवाकोटसहित रसुवा, धादिङ, मकवानपुर, ललितपुर र गोरखागरी ६ जिल्लामामा उक्त कार्यक्रम संचालन गरिरहेको छ ।