एकै दिन थपिए एक हजार सोह्र कोरोना संक्रमित

समाचार डेस्क August 18, 2020
एकै दिन थपिए एक हजार सोह्र कोरोना संक्रमित

भदौ २, काठमाडौं ।
पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालमा कारोनाको संक्रमण देखिएयता एकैदिनमा यति धेरैजनामा पहिचान भएको यो पहिलो पटक हो । आज थपिएकासमेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

कुल संक्रमित मध्ये एक सय १४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बाँकी संक्रमित मध्ये १० हजार ५ सय ६३ जनाको उपचार भइरहेको छ । त्यसमध्ये १ सय १८ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ६ जनालाई भेल्टिलेटरमा राखिएको मन्त्रालयले बताएको छ ।

गत २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एकएक जना रहेका छन् ।

देशभर थपिएका संक्रमित
आज थपिएका मध्ये सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका छन् । उपत्यकामा काठमाडौंका १ सय ३८, ललितपुरका ५० र भक्तपुरका १७ जना गरी कुल २ सय ५ जना रहेका छन् । मन्त्रालयका अनुसार

पर्सामा १ सय २८ जना, मोरङमा १ सय ८, सर्लाहीमा १ सय ७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा २१, काभ्रेमा, २१, कपिवलस्तुमा १९, सिराहा १६, कास्कीमा १६, जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी बर्दियामा ९, सुनसरीमा ८, बाँकेमा ६, दैलेखमा ५, नवलपुरमा ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङमा ३र३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलामा २र२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरमा १र१ जनामा कोरोना स संक्रमण पुष्टि भएको छ ।