पोखराको अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

प्रकाशक August 18, 2020
पोखराको अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

२ भाद्र, कोरोना संक्रमण का कारण पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १ जना को मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ ।  वृद्धलाई साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या आएका कारण अस्पतालमा भर्ना गरिएको थियो  ।

समस्या बढ्दै गएपछि उनलाई भदौ १ गते आईसीयूमा भर्ना गरिएको थियो ।