धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

प्रकाशक August 18, 2020
धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

२ भदौ, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा एक जना वृद्धको मृत्यु भएको हो । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार उनी काठमाडौंको नयाँबानेश्वरमा बस्दै आएका थिए । स्वास्थ्यमा समस्या आएपछि उहा चेकअपका लागि  हस्पिटल  जानुभएको हो ।

गएराति १२ बजे उहाको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । धुलिखेल अस्पतालमा पहिलो मृत्यु सिन्धुपाल्चोककी संक्रमित सुत्केरी महिलाको भएको थियो ।