एकैदिन थपिए ५८१ कोरोना संक्रमित तीनको मृत्यु

समाचार डेस्क August 17, 2020
एकैदिन थपिए ५८१ कोरोना संक्रमित तीनको मृत्यु

१ भदौ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको नमुना परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

छिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५  र भक्तपुरमा १४  जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा १५९ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टा मा कोरोना संक्रमण बाट ३ जना को मृत्यु भएको छ मृत्यु हुने मा रौतहट का ३२ बर्सिय १ पुरुष, मोरंग का ६० बर्सिय १ पुरुष र काठमाडौं का ५८ बर्सिय १ महिला छन् यो संगै नेपाल मा कोरना बाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।