मंगल ग्रहमा हेलीकप्टर उडाउने तयारीमा नासा

समाचार डेस्क July 30, 2020
मंगल ग्रहमा हेलीकप्टर उडाउने तयारीमा नासा

‘‘राइट दाजुभाईको झल्को दिने कल्पना’’

आठाँै पटकका सफल ल्याण्डिङ पछि नासाले मंगलमा नयाँ किसिमको हेलिकप्टरको परिक्षण उडान गर्ने भएको छ । यसका लागि नाशाले ‘पर्सेभेयरेन्स’ एयरक्राफ्टमा ‘इन्ग्युनिटी मास हेलिकप्टर’ (कौशल मंगल) नामक  हेलिकप्टर  पठाउने भएको हो ।

करीब ४ पाउण्ड तौल भएको हेलिकप्टरले केही महिना पछि मंगलको सतहमा एक्लै उडान गर्नेछ । एक पटक ल्याण्ड गरेपछि उक्त हेलिकप्टर भर्खर उडेको चराको बचेरा जस्तैगरी मंगलको सतह भन्दा करीब १० फिट माथीबाट उडान गर्नेछ ।

मंगल ग्रहको वायुमण्डल अत्यन्त पातलो किसिमको भएका कारण उक्त हेलिकप्टरले ६ देखी १० फीटमाथी मात्र उडान गर्ने केनेडी स्पेस सेण्टरले आफ्नो वेवसाइट मार्फट बताएको छ । यद्यपि हेलिकप्टरले अझै माथी र टाढासम्मको यात्रा गर्ने कोशिस गर्नेछ ।

प्रोजेक्ट मेनेजरले मीमी अउङ भन्छिन्, ‘यो साँच्चिकै राइट दाजुभाईको जस्ते क्षण हुनेछ ।’ नासाले यस अघि पनि थुप्रै हेलिकप्टर मार्फत त्यहाँकोे भौगोलिक अवस्थाका विषयमा अध्ययन गर्ने कोसिस गरेको थियो । आगामी दिनमा बनाइने हेलिकप्टरले अन्तरिक्ष यात्री र रोबोटका लागी मंगल ग्रहको बाहिरी सिमानाका लागि जानकारी संकलन गर्र्नेे बताइएको छ ।

तस्बिर स्रोतः नासा (हेलिकप्टर तथा अन्तरिक्ष यान (वायाँ) को इलुष्टे«शन)