चाईनिज रोग नियोजित आतंक नै हो त ?

चाईनिज रोग नियोजित आतंक नै हो त ?

१४ भदौ,
शनिवारदेखि सामाजिक सञ्जालमा ‘कोभिद आतंक बन्द गरौँ’ भन्ने नारा सहितका स्ट्याटस बाक्लै देखिन थालेको छ ।

नेपालमा कोभिड  को प्रवेश भएदेखी नै एकाथरी मानिसहरु यो केवल नियोजित रुपमा मच्चाईएको आतंक हो भन्दै आएका छन् । करीब ६ महिनादेखी लकडाउनको मार खेपिरहेका अधिकांश नेपालीहरुमा एक किसिमको चिडचिडाहट पैदा भएको छ । मानिसहरु आतंकित भएका छन् ।

कोरोनालाई नियोजित आतंकनै हो भन्नेहरुको पनि आफ्नै तर्क छ । कसैले यसलाई केवल डर त्रासको व्यापार भनिरहेका छन् । कसैले यो केवल सामान्य भाइरसमा मात्र हो भनिरहेका छन् ।

आयुर्वेदिक डा. वीपी तिमल्सिना कोरोना सामान्य भाइरस हो र सामान्य जडिबुटीबाटै निको हुने बताउँछन् । हुनत केही समय अघि प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि कोरोना सामान्य भाइरस भएको र बेसार पानीबाटै निको हुन सक्ने बताएका थिए । प्रधानमन्त्रीको उक्त भनाई माथी खुबै चर्चा पनि भयो ।

चाहे जस्तो भाइरस भए पनि यसले विश्वलाई आतंकित बनाएको छ । नेपालको मात्र होइन पुरै विश्वको अर्थतन्त्र डामाडोलको अवस्थामा पुर्याएको छ । यस्तोमा नियोजित आतंक मात्रै हो भन्ने तर्कमा पनि बलियो आधार देखिँदैन । तर, कोरोना संंक्रमण नियन्त्रणमा नेपाल सरकार भने पटक पटक चुकेको विषय घाम जत्तिकै छर्लङ्ग छ ।

गत चैतमा लकडाउनको घोषणा गर्दै गर्दा नेपाली जनता र सरकारका लागि कोरोन एउटा हाउगुजी बनेको थियो । आम नागरिकमा अज्ञात शत्रुको जस्तो एक किसिमको त्रास थियो । सरकार के गर्ने के नगर्ने असमञ्जस्यमा परको भान हुन्थ्यो ।

कोराना भाइरसको उद्गमस्थल बनेको चीनको बुहानबाट युरोप र अमेरीका हुँदै नेपालसम्म आइपुग्दासम्म नेपाल सरकारसँग चाहिँदो समय थियो तर, कार्यदिशा प्रष्ट नभएको देखिन्थ्यो । अझ समय हुँदै कोरोनासँग लड्न नेपाल सरकारले गरेको तयारी केवल केटाकेटी खेलाई जस्तो मात्र थियो ।

साइबेरियन चरो नेपालको सिसारसम्म चर्न आइपुगेजस्तै अन्ततः कारो

ना भाइरस नेपाल प्रवेश गरिछाड्यो । त्यतिबेला सरकारसँग लक डाउन भन्दा अर्को विकल्प थिएन । र सरकारले लक डाउन गर्यो । आम नागरिकले लक डाउनको पालना गरे ।

उपत्यका आसपासका जिल्लाहरुमा घर हुनेहरु लक डाउनको घोषणा सँगै आआफ्ना घर फर्किएर सेल्फ क्वोरेन्टिनमा बसे ।

शहरमा घर हुनेहरुले २÷३ महिनासम्मलाई पुग्ने गरी राशन जम्मा गरेर बसे । त्यतिबेला पनि दैनिक ज्याला मजदुरी गर्नेहरुको ओठ तालु सुकेको थियो । यद्यपि सरकारले केही न केही व्यवस्था अवश्य गर्ला भन्ने आशा देखिन्थ्यो नागरिकको आँखामा । तर, सरकारले कुनै राहतको व्यवस्था गर्नुको साटो आफैँले गाडीमा भरेर उपत्यका कटायो ।

त्यस बेला सरकारका लागि केवल तीन ओटा चुनौती थिए । वाह्य मुलुकबाट नेपाल फर्कन चाहनेहरु लाई सुरक्षित तवरले व्यवस्थापन गर्नु, कोरोना संक्रमणका सम्भावित व्यक्तिहरुको खोजी परिक्षण एवं पुष्टि भएकाहरुको उपचार र सिमा सुरक्षा सरकारका लागि ठूलो चुनौती बनेर अघि तेर्सिएको थियो । यसबाहेक परिक्षण र उपचारका लागि आवश्यक उपकरणको व्यवस्थापन झन जटिल छँदै थियो ।

सरकारले एकै साथ यी तीनै काम शुरु गर्यो । तर, तीनओटै काममा शुरुदेखिनै विवाद सृजना भयो । सबैभन्दा ठूलो कुरा कोभिड–१९ परिक्षण किट खरिदमै सरकार भ्रष्टाचारको फोहोरी आलमा चुर्लुम्म डुब्यो । दास्रो पटकको खरिद प्रक्रिया पनि विवादमै मुछियो ।

बाह्य मुलुकबाट नेपाल फर्कन चाहनेहरुको व्यवस्थापनमा समेत सरकार नराम्ररी चुक्यो । चीनबाट नेपाली विद्यार्थी ल्याउँदाको चुस्तता निरन्तर भइरहेको भए सरकार तालीको पात्र बन्न सक्थ्यो । तर, चारैतिरबाट अस्तव्यस्त अवस्था सृजनाहुँदा पनि केपी ओली नेतृत्वको सरकार सक्ता टिकाउनमै उद्दत देखियो ।

मुलुक संकटग्रस्त अवस्थामा हुँदा सत्तासिन दलकै सात्ता एवं साझेदार दल नेकपा भित्र पटक पटक कुर्सीको लुछाचुँडी भइरह्यो । अझ सिमामा अलपत्र भएकाहरुले बाँच्नकै लागि नदिमा हामफालेका समाचारले नेपाली जनतामा निरासा छायो । त्यस्तो अवस्थामा समेत सरकारसँग ठोस कार्यदिसा नभएको देखियो ।

जसोतसो कोरोना कहरसँग जुधिरहेको नेपालमा ४ महिने लकडाउन साउन ७ गतेदेखि खुल्ला गरियो । त्यसबेलासम्म नेपालमा कोरोनाको संक्रमणबाट ४१ जनाले ज्यान गुमाएका थिए ।

केही समय अघि सरकारले थप कडाइका साथ पुनः लकडाउन घोषणा गर्यो । तर, बिचमा खोलेर पुनः लकडाउन गर्दासम्म कोरोना समुदायसम्म पुगिससको थियो ।

शनिवार अर्थात साउन १३ गतेसम्म आइपुग्दा नेपालमा कोरोनाबाट कुल २ सय ७ जनाको मृत्यु भएको छ भने, ३७ हजार ३ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

आजको दिनमा सकृय संक्रमितको संख्या १६ हजार ५ सय ७८ रहेको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यसबीचमा २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका पनि छन् ।

करीब ३७ हजार संक्रमितमा बिना औषधि २० हजार भन्दा बढी मानिस निको भएर फर्किन सक्छन् भने कोरोना कति शक्तिसाली भाइरस हो भन्ने प्रश्न फेरी उठेको छ ।

अखबार पाटीले कोरोना जितेर फर्केका केही व्यक्तीसँग कुराकानी गरेको छ । सम्वादका क्रममा उनीहरु भन्छन्, ‘हामी त्यहाँ गएर बसेका मात्र हौँ, हामीलाई कुनै उपचार नै गरिएको होइन ।’ उनीहरुमध्ये एक जनाले भने लगातार खोकी लागेपछि आफूलाई सामान्य खोकीको औषधि भने दिइएको बताएका छन् ।

सामान्य सिटामोल र खोकीको औषधि खाएर सुरक्षित ढंगबाट बस्दा आफैँ निको हुन्छ भने कोरोनाको यत्रो हाहाकार किन ?

अर्को कुरा नेपालमा कोरोना फैलिएको करीब ६ महिना भएको छ । यसबीचमा २ सय ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए । सामान्य अवस्थामा यो समयमा औषत मृत्युदर कति छ ? किनकी कुनै पनि कारणबाट अस्पताल पुगेका बिरामीको मृत्यु भएपछि सरकारले अनिवार्य कोरोना परिक्षणको व्यवस्था गरेको छ ।

यी सबै तथ्यहरुको आडमा डा. तिमल्सिना लगायतका टोलीले कोरोना आतंकनै हो भनेर अभियाननै सुरु गरेका छन् । जनमानसमा कोरोना आतंक फैलाएर सरकार भने दैनिक रुपमा गरिने प्रेस ब्रिफिङको झटारो हानेर आफूहरु सत्ताको लुछाचुँडीमै व्यस्त भएको उनीहरुको आरोप छ ।

तर, सरकार र अभियन्ताहरुको दोहोरीले आम जनतामा भने झन बढी भ्रम सिर्जना भएको छ ।