नेपालमा ०.४७ प्रतिशत कोरोना संक्रमितको मृत्यु

नेपालमा ०.४७ प्रतिशत कोरोना संक्रमितको मृत्यु

भदौ ७, काठमाडौं ।

नेपालमा सक्रिय कोरोना संक्रमित मध्ये ०.४७ प्रतिशत को मृत्यु भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले निकालेको छ ।

आईतवार आफ्नो नियमित अपडेट को क्रममा नेपालमा कुल संक्रमित को तुलना मा ०.४७ प्रतिसत संक्रमित को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालाय का प्रवक्ता जागेश्वर गौतम ले जानकारी दिनुभयो ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको गरि कुल १४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।

मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या भने ३१,९३८ जना पुगेको छ । आज मात्र ८१८ जना संक्रमित थपिएका हुन् ।