कोरोना डरलाग्दो रुपमा फैलदै , आज एकैदिन ८१८ जनामा संक्रमण

कोरोना डरलाग्दो रुपमा फैलदै , आज एकैदिन ८१८ जनामा संक्रमण

बसन्त तिमिल्सिना

७ भदौ, पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १६६ जनामा कोरोना संक्रमण देखिएको छ । दिनहु जस्तो ५०० भन्दा बढी कोरोना संक्रमित थपिनु र समुदायकै ब्यक्त्तिमा कोरोना पोजिटिभ देखिनुले मानिसहरु त्रसित छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा हरेक जिल्लामा  गरिएको लकडाउनको प्रभाब केहि दिनमा मात्र चिकित्सकहरुले बताएका छन् ।