फुटबल महासंग्राम : च्याम्पियन्स लिगको फाइनल आज राती (पुरा विवरण सहित )

फुटबल महासंग्राम : च्याम्पियन्स लिगको फाइनल आज राती (पुरा विवरण सहित )

बसन्त तिमिल्सिना

फुटबल महासंग्राम : च्याम्पियन्स लिगको फाइनलको विश्लेषण हाम्रो आखाबाट

७ भदौ , च्याम्पियन्स लिगको फाइनलमा आज राति पिएसजी र ब्रायन म्युनिखको खेल रहेको छ । यो खेल नेपालि समय अनुसार राति पौने एक बजे रहेको छ । पिएसजी फ्रान्सको लिग बिजेता हो भने ब्रायन जर्मनको च्याम्पियन टिम हो ।

यसपालिको च्याम्पियन्स लिगको फाईनलमा  हामि मेस्सीको बार्सिलोना , रोनाल्डोको युभेन्टस तथा फुटबलका महारथी टिमहरु :- सिटि , रियल मेड्रिड , युनाइटेड , चेल्सी , लिभरपुल कसैलाई देख्न पाउदैनौ ।   यो अर्थमा पनि फाइनल भिन्न  हुनेछ । यो फाइनलले बताउनेछ :- विश्व फुटबल इतिहासमा मेस्सी र रोनाल्डो भन्दा अब्बल खेलाडीको जन्म भइसकेको छ ।

आजको फाइनल खेलमा हामीले स्टार खेलाडी नेमार , केयलिन एमबाप्पे , लेवनडोस्कीको र थोमस मुलरको कला सहितको बेजोड खेल हेर्न पाउनेछौ । दुवै टिम विश्व  फुटबल जगतका महारथी रहेकाले च्याम्पियन्स लिगको फाइनल उत्कृष्ट हुनेछ ।  अनि दुवै टिम समान रूपमा निकै अब्बल दर्जाको लयमा पनि छन् ।  लगातार आठौ  पटक बुन्डेसलिग जितेको  र  च्याम्पियन्स लिगमा बार्सिलोनाजस्तो टिम लाइ ८-२ ले पाखा लाउदै सेमिफाइनलमा प्रवेश गरेको ब्रायन म्युनिखलाइ फाईनलमा पाखा लाउन पिएसजी लाइ निकै सकस पर्ने देखिन्छ ।

पिएसजी आफ्ना स्टार खेलाडी नेयामार र एमबाब्पेको चमत्कारिक खेल प्रदशन गर्दै च्याम्पियन्स लिगको फाइनलको ट्रफी उचाल्ने रणनीतिमा हुनेछ । अब आज राति नेयामार + एमबाब्पेको पिएसजी  र मुलर + लेवनडोस्की + जिनब्रेको ब्रायन म्युनिखमा कसको रणनीति उत्कृष्ट रहने हेर्न बाकि नै छ ।

खेलाडीका आधारमा म्युनिख बलियो टिम देखिए पनि यी दुइ बीच भएको  आठ खेलमा  पिएसजीले पाँच खेल जितेको छ । बायर्नले पीएसजी लाइ तिन पटकमात्र हराउन सकेको छ ।