सन्दीपको चमत्कारिक खेलका वावजुद जमैका पराजित

सन्दीपको चमत्कारिक खेलका वावजुद जमैका पराजित

७ भदौ , जमैका तलायाबाज आफ्नो तेस्रो खेलमा गुएना अमेजन वारियर्ससंग नमिठो हार बेहोरेको छ । जमैकाको यो तेस्रो खेलमा दोस्रो हार हो ।

सन्दीपको टिम जमैकाले सामान्य टार्गेट पुरा गर्न नसक्दा हार बेहोरेको हो । उक्त्त खेलमा  गुएना अमेजन वारियार्सले १९.१ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउदै ११८ रन मात्र बनाउन सक्यो । जसका लागि १९ बलमा ब्रेनडन किंगले २९ रन र हेमराजले १७ बलको सामना गरि २१ रन बनाए । बलिंग तर्फ जमैकाका लागि ब्रेथवेटले ३ , मुजिबले ३ र सन्दीपले २ विकेट हात पारे ।

११९ रनको झिनो तथा  बिजयी लक्ष्य लिएर मैदान उत्रेको जमैका २० ओभरमा ७ विकेट गुमाउदै १०४ रनमात्र बनाउन सक्यो र १४ रनको नमिठो हार बेहोर्यो  । जसकालागि ३७ बलमा ५२ रन बनाउने आन्द्रे रसलको खेलमात्र सम्झन लायक रह्यो । बलिंग तर्फ वारियर्सका क्रिस ग्रिनले २ विकेट लिए ।

जमैका तलायाबाजबाट खेलिरहेका संदिपका लागि भने उक्त खेल सम्झन लायक बन्यो । पुरै चार ओभर बलिंग गरेका सन्दीपले २ विकेट लिएर मात्र ८ रन खर्चिए ।