माधबकुमार नेपालको सुरक्षामा बसेका ९ जनामा कोरोना संक्रमण पुष्टी

माधबकुमार नेपालको सुरक्षामा बसेका ९ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौँ — नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । माधब कुमार  नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले बताए ।

गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । माधबकुमार नेपालको भने रिपोर्ट नेगेटिभ रहेको गौतमले बताए ।कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिए ।

नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैले संगै पत्रकार , सेना , स्वास्थ्यकर्मीमा संक्रमणदर उच्च देखिएको छ ।