कोरोना नियन्त्रण हुन २ वर्ष लाग्ने : डब्ल्यु एच ओ

कोरोना नियन्त्रण हुन २ वर्ष लाग्ने : डब्ल्यु एच ओ

६ भाद्र, एजेन्सी ।

विश्व स्वास्थ्य संगठन (WHO) ले कोरोना भाईरस पूर्ण रुप मा निको हुन को लागी २ वर्ष लाग्ने अनुमान निकालेको छ ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको छ । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा आउन सक्ने विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेसस ले बताए ।

सन् १९१८ देखि १९२० सम्ममा स्पेनिश फ्लु का कारण पाँच करोड मानिसको ज्यान गएको थियो ।  त्यहि आकलन लाई मुल्यांकन गर्दा अहिलेको उपचार पद्धतिले कोरोनालाई पनि २ वर्ष मा नियन्त्रण मा लिन सकिने  महानिर्देशक गेब्रेयेसस बताउछन ।