बैंकर्स संघले गर्यो उपत्यकाका लागि यस्तो निर्णय

प्रकाशक August 21, 2020
बैंकर्स संघले गर्यो उपत्यकाका लागि यस्तो निर्णय

५ भदौ , निषेधाज्ञाको अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा एउटा बैंकको एक शाखा मात्र खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको पालना गर्नकै लागि बैंकर्स संघले शुक्रबारदेखि लागु हुने गरि  एक जिल्लामा हरेक बैंकको एउटा शाखा मात्र खोल्ने निर्णय गरेको हो ।खुलेका बैकबाट सिमित सेवा पबाह गरिने बैंकर्स संघले बताएको छ । सेवाग्राही अत्यावश्यक सेवा लिनबाट बन्चित नहुन भनेर एस्तो निर्णय गरेको  बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

यसैगरी बैंकका कर्मचारीलाई कार्यालय आवतजावतमा नरोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । बिहिबार कर्मचारीको आवतजावतमा निकै समस्या आइ बैकको सेवा प्रवाहमा समस्या आएपछि गृह मन्त्रालयले एस्तो निर्देशन दिएको हो ।

बुधबार बेलुका १२ बजे देखि लागु भएको लकडाउनका कारण कर्मचारीलाई बिहिबार कार्यालय जान समस्या परेको थियो ।