परदेशबाट आउनेले सात दिन अनिवार्य होटलमा बस्नुपर्ने

प्रकाशक August 21, 2020
परदेशबाट आउनेले सात दिन अनिवार्य होटलमा  बस्नुपर्ने

५ भदौ, काठमाडौं । सरकारले विदेशबाट आउने नेपालि तथा यात्रुलाई अनिबार्य साता दिन होटलमा बस्नुपर्ने निर्णय गरेको छ ।

सरकारले हवाई उडान सुरु गर्ने भए संगै एस्तो निर्णय गरेको हो । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं आएपछि सात दिनसम्म होटलको क्वारेन्टिनमा बस्नैपर्छ । आफु बस्ने होटेल पहिले नै बुकिंग गरेर आउने पर्ने बताएको सरकारले होटेल सुची केहि दिनमै प्रकाशित गर्ने बताएको छ ।

एकदिनमा सिमित मान्छे मात्र ल्याउने तथा उनीहरुलाई कोरोना पुष्टी नभए मात्र घर पठाउने रणनीति सरकारले बनाएको छ । होटलमा बस्दा लाग्ने खर्च स्वयम यात्रुले बेहोर्नुपर्नेछ ।

यसैगरी नेपाल सरकारले ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयलाइ जोखिमयुक्त जिल्लामा कडारुपमा लकडाउन गर्न सम्म निर्देशन दिएको छ ।