तीज लक्षित कर्फ्यु आदेश,

समाचार डेस्क August 20, 2020
तीज लक्षित कर्फ्यु आदेश,

४ भाद्र, दैलेख ।

दैलेख मा हरितालीका तिज लक्षित कर्फ्यु आदेश जारी गरिएको छ ।

जिल्ला प्रसासन कार्यालय दैलेख ले एक सुचना जारी गर्दै बिस्वव्यापी माहामारी को रुप मा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण बाट दैलेख जिल्ला मा परेको प्रतक्ष असर लाई मध्यनजर गर्दै भाद्र ४ गते दिउँसो २ बजेदेखी, भाद्र ७ गते राती १२ बजे सम्म लागु हुने गरि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको प्रमुख जिल्ला अधिकारि सन्तबहादुर सुनार ले जानकारी दिए ।

तोकिएको समय मा तोकिएको सवै स्थान मा निषेधाज्ञा लागु गरेपनि अत्यावस्यक सेवा हरु जस्तै :औसधि पसल,स्वास्थ्य केन्द्र ,अस्पताल सम्बन्धी सेवा ,खानेपानी बिद्युत संचालन,फोहोरमैला व्यवस्थापन सम्बन्धि सेवा हरु खुल्ला रहने पनि सुनार ले बताए ।

आदेश को उल्लङ्घन गर्ने व्यक्ति लाई प्रचलित कानुन बमोजिम कारवाही गरिने पनि बिज्ञप्ति मा उल्लेख छ ।