पोखराको एक सशस्त्र प्रहरी गणमा १६ जना कोरोना संक्रमित

प्रकाशक August 20, 2020
पोखराको एक सशस्त्र प्रहरी गणमा १६ जना कोरोना संक्रमित

बसन्त तिमिल्सिना

४ भदौ,  पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ जना  सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजिटिभ भएको बताइएको छ ।

गत महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरु पोखराबाट स्याङ्जामा खटिएका थिए । २९ जनाको नमुना संकलन हरि पिसिआर परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।यससँगै गण्डकी प्रदेशमा मात्र संक्रमितको संख्या १८१२ पुगेको छ ।

लकडाउन खुकुलो गरे संगै देशैभर प्रहारी , स्वास्थ्यकर्मी, पत्रकार हरुमा कोरोना सङ्क्रमण बढेको पाइएको छ ।