पहिरो ले पुरिदा २ बालक को मृत्यु ,

समाचार डेस्क August 19, 2020
पहिरो ले पुरिदा २ बालक को मृत्यु ,

३ भाद्र, काठमाडौं ।

बझाङ मा पहिरो ले पुरिएर २ बालक को मृत्यु भएको छ ।

जिल्ला को बुंगल नगरपालिका -५ को मिडि गाउमा गएको पहिरो ले पुरिएर २ बालक को मृत्यु भएको बझाङ का प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका छन् ।

पहिरोले स्थानीय प्रताप ताम्राकारको घर पुरिएपछि उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएर अन्य ४ जना घाइते भएका छन् । घाइते को अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।