पर्सामा कोरोना संक्रमण चुलियो : एकै दिन १०८ संक्रमित पुष्टि

प्रकाशक August 19, 2020
पर्सामा कोरोना संक्रमण चुलियो : एकै दिन १०८ संक्रमित पुष्टि

भदौ ३, पर्सा ।

पर्सा जिल्लामा एकैदिन १०८ जना कोरोना संक्रमित भेटिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट मंगलबार एकैदिन १०८ जनामा कोरोना पोजिटिभ देखिए संगै पर्सा जिल्लामा जम्मा कोरोना संक्रमितको संख्या १५८२ पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार १५६२ जना पर्सा जिल्लाकै नागरिक र २० जना भारतीय नागरिक रहेको बताइएको छ । यसैगरी पर्सा जिल्लामा  पत्रकार , स्वास्थ्यकर्मी , थुनुवाहरु , अस्पतालका कर्मचारीहरुगरि  ३१६ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।  संक्रमितको संख्या १५०० नाघे संगै पर्सा जिल्लालाई अति जोखिम जिल्लाका रुपमा राखिएको छ ।