राष्ट्रिय झण्डा जलाउने हरु पक्राउ,

समाचार डेस्क August 19, 2020
राष्ट्रिय झण्डा जलाउने हरु पक्राउ,

३ भाद्र, रास्ट्रीय झण्डा जलाएको अभियोग मा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय, गित लेख्ने र सम्पादक सम्म का व्यक्तिहरु छन् ।

उनीहरु सबै उपत्यका बाटै पक्राउ परेका परेका केन्द्रीय अनुसन्धान ब्युरो ले बताएको छ ।

दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो । भिडियो अपलोड भए संगै देशव्यापी रुप मा सामजिक संजाल तातिएको थियो जातीय द्वन्द निम्त्याउने भन्दै आम जनसमुदाय ले कारवाही को दायेरा मा ल्याउनु पर्ने माग राख्दै आएका थिए ।

मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।

र्याप जनरामा गाइएको गीतको लिरिक्स र्यापर मंगोल ग्याल्ज् ली एन्ड एटीएमले लेखेका थिए ।