अछाम मा बाढी को बितण्डा ६ जना को सव फेला दुई दर्जन सम्पर्क बिहिन ,

समाचार डेस्क August 19, 2020
अछाम मा बाढी को बितण्डा ६ जना को सव फेला दुई दर्जन सम्पर्क बिहिन ,

३ भाद्र, काठमाडौं

अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ भने२ दर्जन बढी सम्पर्क बिहिन भएका छन्

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको  जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापा ले जानकारी दिए ।

दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिए । ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । हामी अहिले सैनीबजार जाँदै छौं,’ उनले भने, ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।

बाढीमा २४ जना भन्दा बढी सम्पर्कविहीन रहेको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न अझै समय लाग्ने देखिन्छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेका छौँ,’ उनले भने ।