रहेनन् राष्ट्रकवि

News Desk August 18, 2020
रहेनन् राष्ट्रकवि

भदौ २, काठमाडौं ।
राष्ट्रकवि मधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । केही समययता बिरामी भएका घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको परिवार निकट स्रोतले बताएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । दुई वर्ष अघि पनि ठूलो बिरामी परेर मृत्यु जितेनका घिमिरेले यसपटक भने सकेनन् ।

लमजुङको पुस्तुन गाउँमा वि.संं. १९७६ साल असोजमा जन्मेका घिमिरेको नव मञ्जरी, गौरी ९शोककाव्य०, मालती मङ्गले,९गीतिनाटक०, हिमालपारि हिमालवारि ९गीतिनाटक०, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी ९गीतसङ्ग्रह०, चारु चर्चा ९निबन्ध०, आफ्नो बाँसुरी आफ्नै गीत ९निबन्ध० लगायतका कृति चर्चित छन् ।

उनी स्वच्छन्दतावादी धारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा घिमिरे केही महिना अघिसम्म पनि लेख रचना गर्दै थिए ।

ुगाउँछ गीत नेपालीु का साथै तारादेवीले गाएको ुमनको बाँधु चलचित्रको ुफूलको थुङ्गा बगेर गयोु तथा नारायणगोपालले गाएको ुआजै र राति के देखेँ सपनाुजस्ता कालजयी गीतका सर्जक घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

यसबाहेक उनले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका थिए ।