थप १ जना को कोरोना संक्रमण बाट मृत्यु

समाचार डेस्क August 18, 2020
थप १ जना को कोरोना संक्रमण बाट मृत्यु

२ भदौ, बुटवल ।
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचार गरिरहेका कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अस्पताल प्रमुख नरेश श्रेष्ठले बताए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए । सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

गत सोमबार निमोनिया र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।