धनुषामा कोरोना संक्रमितको मृत्यु

समाचार डेस्क August 17, 2020
धनुषामा कोरोना संक्रमितको मृत्यु

१ भदौ काठमाडौं

सोमवार  धनुषामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ

जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा सोमवार  मृत्यु  भएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झा ले बताए ।

 मृतक गत साउन २६ गते अस्पताल भर्ना भएका थिए । उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो  । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो । योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।