फेरिँदै छ दुप्चेश्वर मन्दिरको स्वरुप

समाचार डेस्क July 23, 2020
फेरिँदै छ दुप्चेश्वर मन्दिरको स्वरुप

साउन ८, नुवाकोट

एकातिर पहरामा खोपिएका प्वाल र अर्कातिर बाहुनपातेका रुखमा अड्याइका दलिन माथीको खटमा चढेर दुप्चेश्वर महादेवको दर्शन गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएको धेरै समय भएको छैन ।

करीब पाँच दशक अघिसम्म लहरा र पहरामा झुण्डिएर गर्नु पर्ने दुप्चेश्वर महादेवको दर्शन पछिल्लो समय निकै सहज र सरल बन्दै गएको छ । २०२८ सालमा पहिलो पटक सिमेण्ट र छडको प्रयोग गरी बाटो बनाए पश्चात् भक्तजनका लागी दुप्चेश्वर दर्शन सहज भएको हो ।

साथै, मन्दिर नजिकैसम्म पुगेको मोटरबाटोका कारण पनि विभिन्न स्थानबाट आउने भक्तजनलाई निकै सहज भएको छ ।

पछिल्लो समय दुप्चेश्वर दर्शन सहज मात्र भएको छैन, मन्दिर परिसरमा अन्य सुविधाहरु पनि थपिँदै गएका छन् । दुप्चेश्वर क्षेत्र विकास कोषको पहल र दुप्चेश्वर गाउँपालिकाको अग्रसरतामा आव. २०७६/०७७ देखि गुरु योजना मार्फत वृहद् निर्माणकार्यको थालनी समेत भएको छ ।

हालसम्ममा गुरु योजनाको पहिलो चरण अन्तरगतको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले जानकारी दिए । आचार्य दुप्चेश्वर गाउँपालिका वडा नंं. ६ का वडा अध्यक्ष समेत हुन् । गुरु योजनाको पहिलो चरण

अन्तर्गत  मन्दिर परिसर कम्पाउण्ड वाल, दुप्चेश्वर र गणेश मन्दिर जाने बाटो (फाइबर सिटको छाना समेतको), यज्ञ कुण्ड आदीको निर्माण गरिने छ । यसमध्ये कम्पाउण्ड वाल र बाटो निर्माण सम्पन्न भइसकेको छ भने सिँढीमा ढुंगाको स्लेट र फाइबर सिटको छाना राख्ने काम बाँकी छ । त्यसैगरी यज्ञ कुण्ड निर्माणको तयारी भइरको उनले बताए ।

दुप्चेश्वर गुरु योजनाको पहिलो चरणमा स्थानीय सरकार दुप्चेश्वर गाउँपालिका, राष्ट्रिय योजना आयोग, बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङको आर्थिक सहयोग रहेको छ ।

पहिलो चरण अन्तरगत कूल ८५ लाख रुपैँयाको निर्माण कार्यमा दुप्चेश्वर गाउँपालिको ३० लाख, बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङको ३५ लाख र राष्ट्रिय योजना आयोगको २० लाख रुपैयाँको आर्थिक सहयोग रहेको छ ।

दुप्चेश्वर मन्दिरको संरचनागत विकास>
२०२० को दशकसम्म नुवाकोट, रसुवा, धादिङ, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोर र काठमाडौंसम्म मात्र सिमित दुप्चेश्वर महादेवको चर्चा २०३२ मा बाटो निर्माणगरी विधिवत रुपमा उद्घाटन भए पश्चात निकै बढ्यो । त्यसबेला मन्दिरसम्म पुग्नका लागि एउटा मात्र बाटो निर्माण गरिएको थियो ।

मन्दिरभन्दा दक्षिणतर्फको अर्को बाटोको निर्माण भने वि.स. २०३५/३६ तिर मात्र भएको तात्कालिन रामावती गाउँपञ्चायतका प्रधानपञ्च केदारनाथ आचार्यको भनाई छ । भौगोलिक विभाजनमा हाल दुप्चेश्र मन्दिर दुप्चेश्वर गाउँपालिका वडा नंं. ६ अन्तरगत रहेको छ ।

मुख्य मेला लाग्ने मंसिको धान्यपूर्णिमाको दिन लाखौं लाख दर्शनार्थीको भिड व्यवस्थापन गर्न कठिन हँदुै गएपछि स्थानीय समाजसेवी स्व. गणेश पण्डितको पहल र श्रद्धालु भक्तजनहरुको सहयोगमा मन्दिरभन्दा दक्षिणबाट अर्कोबाटो निर्माण सम्पन्न भएको थियो ।

नयाँ बाटो निर्माण भए पश्चात् मुख्य मन्दिरसम्म जान र फर्कन फरक फरक बाटोको प्रयोग हुन थालको हो । त्यस यता दाताहरुको सहयोगमा मन्दिरको मर्मत लगायत अन्य थुप्रै निर्माणकार्य भइरहेको छ ।

दुप्चेश्वरको धार्मिक सामाजिक महत्वका साथै पर्यटकिय र आर्थिक महत्व पनि उत्तिकै रहेको दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अन्जु आचार्य बताउँछिन् । दुप्चेश्वर मन्दिर छेउबाटै प्रस्तावित दुप्चेश्वर–गोसाईंकुण्ड केवलकार निर्माण पछि धार्मिक पर्यटनको एउटा गन्तब्य तयार हुनेमा उनी विश्वस्त छिन् ।

‘अन्ततः दुप्चेश्वर नुवाकोट क्षेत्र नं १ को आर्थिक समुन्नतीको खम्बा नै सावित हुन्छ,’ उनले भनिन् । दुप्चेश्वर–गोसाईंकुण्ड केवलकारको सर्भे भइसकेको छ । तर, उक्त क्षेत्र लाङटाङ राष्ट्रिय निकुन्ज पर्ने भएका कारण निकुन्जको अनुमति आउन बाँकी रहेको उपाध्यक्ष आचार्यले बताइन् ।

भौगोलिक अवस्थिति र वातावरण
राजधानी काठमाडौंदेखी उत्तर तथा नुवकोट जिल्लाको सदरमुकाम विदुरदेखि उत्तरपूर्वि भेगमा अवस्थित दुप्चेश्वर महादेवको मन्दिर समुद्रि सतहबाट करीब ४ हजार फिटको उचाइमा रहेको छ ।

काठमाडौंदेखी करीब ३–४ घण्टाको मोटर यात्राबाट पुगिने दुप्चेश्वर महादेवको मन्दिर पश्चिमतर्फ फर्किएको पहरामा अवस्थित छ । दुप्चेश्वरको शिवलिंग मानव निर्मित नभएर प्रकृति प्रदत्त हो ।

नागको फँडाले झैँ विशाल शिलाले शिवलिंगलाई सुरक्षा प्रदान गरिरहेजस्तो लाग्ने दुप्चेश्वर मन्दिर पुग्ने जो कोही पुनः त्यस पवित्र देवस्थल पुग्ने कामना गर्छन् ।

मन्दिरबाट उत्तर–पश्चिमतर्फ रहेको राहुचलुी हिमालले मन्दिरको शोभा अझ थपिदिएको छ । दुप्चेश्वरको पाउ हुँदै बग्ने सूर्यमति (तादी), राहुचुली हिमाल र यहाँको अन्य प्राकृतिक दृष्य, भगवान शंकरका गहना हुन् । दुप्चेश्वरको विषयमा स्थानिय समाजसेवी एवं शिक्षा प्रेमी स्व गणेश पंडित लेख्छन्,

‘यो हो प्राकृत मूर्ति एक शिवको सद्भावको हो घर ।
अर्थ धर्म कला र ज्ञानहरुको भण्डार झैँ त्यो तर

साँच्चै त्यहाँ पुग्ने सबै भक्तजनहरुले दुप्चेश्वर महादेव धार्मिक, साँस्कृतिक र प्राकृतिक सबै दृष्टिकोणले श्रृष्टिको अनुपमेय कलाद्वारा निर्मित भएको अनुभूति गर्छन् ।
पर्व एवं मेला
दुप्चेश्वर महादेवको मन्दिरमा प्रत्येक वर्ष मार्गशुक्ल धान्यपूर्णिमाको अवसर पारेर एकादशी देखि पूर्णिमासम्म विशाल मेला लाग्छ । जात्रामा लाखौं दर्शनार्थीले दुप्चेश्वर महादेवको दर्शन गर्छन् भने विभिन्न लोक सँस्कृति, कला र भेषभूषाको मनोहर झाँकीको प्रत्यक्ष अबलोकन गर्छन् । खासगरी सेर्पा नाच र झाँक्री नाचले दुप्चेश्वरको जात्रालाई सुनमाथी सुगन्ध थपिदिने गर्छ ।

धान्यपूर्णिमामा लाग्ने मेला बाहेक दुप्चेश्वर मन्दिरमा हरिवोधनी एकादशी (ठूलो एकादशी), पञ्चमी, शिवरात्री, तिज र अन्य पर्वहरुमा विशेष मेला लाग्छ । मेला र जात्राहरुले एकातिर दुप्चेश्वर महादेवको महत्व त बढाएको छ नै अर्कोतर्फ यस क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा समेत टेवा पुर्याउँदै आएको छ ।

दुप्चेश्वर महादेव यस क्षेत्रका सबै जातजातीलाई एकसूत्रमा बाँध्ने कसीका रुपमा स्थापित भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिंह तामाङको भनाई छ । ‘दुप्चेश्वर कुनै धर्म वा जात विशेषका देवता होइनन्, बरु सबै जातजाती, भाषा, धर्म, संस्कृतिका मानिसलाई भाइचाराको सम्बन्ध स्थापित गराउने आस्थाका केन्द्र हुन्,’ उनले भने ।

निःशन्तानलाई सन्तान र भक्तजनको मनोकामना पुर्याउने देवताको रुपमा परिचित दुप्चेश्वर मन्दिरमा पछिल्लो समय बाह्रै महिना भक्तजनको भिड लाग्ने गर्छ । यस बाहेक गोठका गाई नब्याए दुप्चेश्वरमा दाम्लो चढाएपश्चत ब्याउँछ भन्ने जनविश्वास अझै कायम छ ।
उत्पत्तीका किंवदन्तीहरु
दुप्चेश्वरको उत्पत्तीका विषयमा केही किंवदन्तीहरु छन् । करीब ३०० वर्ष पहिले स्थानीय बासे तामाङ (वाशुदेव अपभ्रंस भएको हुनुपर्छ) सँग जोडिएको छ ।

बासे तामाङको गोठ हाल दुप्चेश्वरको मन्दिरदेखि तल गोगन चउरमा थियो । ऊसँग केही दुहुना गाई थिए । एकदिन एउटी गाई अकस्मात् हराइन् । गाईको निकै खोजी भयो तर कतै फेला परेन ।

तर, साँझ परेपछि तल गोठमा बाच्छो कराउन थालेपछि भने माथी पहराबाट गाई पनि कराएको सुनियो । (कसै कसैले भने फेला परेको घटनालाई अलिक फरक ढंगबाट व्याख्या गरेको पाइन्छ ।

जसअनुसार, गाई हराएपछि त्यहाँका सबै गोठालाहरु मिलेर खोजतलासलाई तीब्रता दिए । वारिपारी, वनजङ्गल सबै खोजियो । गाई फेला पर्न सकेन ।

आजित भएर बासे तामाङ साथीहरुसहित गोठमा गएर सुत्यो । राति सपनामा उसलाई कसैले ‘तिम्रो गाई यहीँ कतै छ । राम्रोसँग खोज्नु । फेला पर्छ ।’ भनेर गएछन् । यसको भोलिपल्ट जुन पहरामा अहिले महादेवको शिला छ त्यहीँ त्यो गाई देखिएछ । )

व्याख्या जसरी गरिए पनि मुख्य विषय के हो भने मानिस समेत जान नसक्ने पहराको बीचोबीच अर्धवृत्ताकार शिलाखण्डको मध्य भागमा रहेको शिवलिङ्गमा गाईले दधु चढाइरहेकी थिइन् । तर, गाई फिर्ता ल्याउन सक्ने कनै आधार थिएन ।

त्यसैले गोठालाहरुले स्थानीय केही व्यक्तिहरुलाई साथ शिवजीलाई मन पर्ने गाईको दूध, वेलपत्र लगायत पूजाका सामग्री लिएर लहरामा झुण्डिएर त्यहाँ गए र शिवजीको स्तुती गरेर फर्किए । अचम्मको कुरा के भयो भने तल आइपग्ुदा गाई गोठमा आइसकेकी थिइन् ।

गाई फेला परेको दिन मार्ग शक्ुलपक्ष धान्यपूर्णिमाको दिन थियो । त्यसैले यहाँ प्रत्येक वर्ष यस धान्यपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने र शिवजीको पूजा गर्ने प्रचलन बस्यो ।

पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुशी हन्ुछन् भनेपछि यो मेला हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।

उल्लेखित किवंदन्तीसगँ अर्काेप्रसगं पनि जोडिन आउँछ । समुद्र मन्थन हुँदा निश्केको हलाहल विष सेवनबाट छट्पटिएका महादवे विषको डाह शमन गर्न हाल सयूर्कुण्ड रहको स्थानमा पुगे ।

त्यहाँ पुगेर पानीको खोजीमा त्रिशुल गाडरे गङ्गाजीलाई आराधना गर्दा पानी नआए पछि छटपटिएका महादवले भन्दा अलि तल झरेर पुनः त्रिशुल गाडे । त्यहाँ भने गंगाजी उत्पन्न भइन् र त्यहि पानी जमेको स्थानमा महादेव पल्टिए । महादेवले जल शयन गरको कुण्डलाई अचेल गोसाँइकुण्ड नामले चिनिन्छ ।

शिवजीले पहिलो पटक त्रिशूल गाडेको ठाउँमा गंगा उत्पन्न हुँदा उनले शिवजीलाई देखिनन् । मध्यान्हमा सूर्य स्थिर भएको बेला एउटा स्फटिकको खम्बा स्थापना गरी हेरे पश्चात् उनले शिवजीको अवस्थिति थाहा पाइन् ।

त्यसपछि हतार गरेर शिवजीलाई भेट्न गएकी गंगालाई शिवजीले त्रिशुल गाडेको ठाउँबाट दक्षिणतर्फ बहरे पापीहरुको उद्धार गर्न र त्यस क्षेत्रलाई पुण्य क्षेत्र बनाएर बस्न अग्रह गरे ।

तर, कलियुगमा पापीहरु धेरै हुने हुँदा तिनको उद्धार गर्न निकै कठिन हुन्दै गंगाजीले आनाकानी गरेपछि गङ्गाजीलाई देवीघाटसम्म मात्र बहिदिए पुग्ने र आफू पनि उनको किनारमै आएर बस्ने आश्वासन दिए ।

सोही अनुसार दुप्चेश्वरको उत्पत्ती भयो र सूर्य कुण्डदेखी बगेकी हुनाले गंगाजीको नाम सूर्यमति रहन गयो । कालान्तरमा बासे तमाङको गाईका माद्यमबाट दुप्चश्ेवर महादेव हामीमाझ प्रकट भए भन्ने किवंदन्ती रहको छ ।

यी दुई किंवदन्तीलाई जोडेर हेर्दा दुप्चेश्वरको उत्तपत्ति आदि कालमा भएको र करीब ३०० वर्ष अघि पत्ता लागेको पुष्टि हुन आउँछ ।
फरक प्रसंग
केही व्यक्तिहरु दुप्चेश्वर लाई गोपालेश्वर महादेव पनि भन्न रुचाउँछन् । यस्तो मत राख्नेहरु द्वापर युगका श्रीकृष्ण भगवानसँग यसको प्रसङ्ग जोडेर सुनिआएको किंवदन्ती सुनाउँछन् ।

यस्तो किंवदन्ती सुनाउनेहरु द्वापर युगमा श्रीकृष्ण भगवान नुवाकोटका रमणीय हिमाली क्षेत्रमा भ्रमणका लागि आए । भ्रमणका क्रममा श्रीकृष्णजी अहिले यिनै दुप्चेश्वर महादेवको शिला भएको रमणीय पहरामा पुगे ।

यस पहराले भगवानको मन निकै आकर्षित ग¥यो । यस्तो रमणीय स्थानमा शिवलिङ्ग स्थापना गर्न पाए कति राम्रो हुन्थ्यो भत्रे भावना उनमा जागृत भयो । अनि, त्यस क्षेत्रको भ्रमणबाट फर्कनुअघि उहाँले त्यहाँ शिवलिङ्ग स्थापना गरे ।

श्रीकृष्णले स्थापना गरेको त्यही शिवलिङ्ग नै अहिले सबैले विश्वासका साथ पूजिआएका दुप्चेश्वर महादेव हुन् । श्रीकृष्णले स्थापना गरेको हुनाले यिनलाई गोपालेश्वर पनि भनिएको हो ।
मन्दिर व्यवस्थापन
स्थानिय तहको गठन पूर्व दुप्चेश्वरको व्यवस्थापन समिति मार्फत् हुँदै आएको थियो । तर, सदस्यहरुको बीचमा हुने विभिन्न किसिमका मन मुटाव र वैमनस्यताले दुप्चेश्वरको व्यवस्थापन सहज हुन सकिरहेको थिएन ।

‘वर्षकै ठूलो धान्यपूर्णिमा मेला व्यवस्थापनका लागि बैठक बस्दा समितका सदस्यले समेत थाहा नपाउने अवस्था हुन्थ्यो, तत्कालिन संचालक समितिका एक सदस्यले आक्रोस पोखे । हाल भने मन्दिरको सम्पूर्ण व्यवस्थापन दुप्चेश्वर क्षेत्र विकास कोषले गर्दै आएको छ ।

मन्दिरको दैनिक पूजा आरतीका लागि १ जना पुजारी नियुक्त गरिएको छ भने १ जना कोषको कर्मचारी र २ जना सहयोगी रहेका छन् । मन्दिरको भेटी व्यवस्थापन पारदर्शी बनाउन कोषले सीसीटीभी क्यामेराको समेत व्यवस्था गरेको छ ।

दुप्चेश्वर मन्दिरको सम्पूर्ण दृष्यहरु कोषको कार्यालयका साथै, दुप्चेश्वर गाउँपालिकाका अध्यक्षको कार्यकक्षबाट समेत हेर्न सकिन्छ । त्यसैगरी भेटी संकलनका लागि लकर सहितको बाकसको व्यवस्था गरिएको छ ।

पछिल्ला वर्षहरुमा वार्षीक करीब ७ लाख रुपैयाँ भेटी संकलन भएको कोषका अध्यक्ष आचार्यले जानकारी दिए ।

दुप्चेश्वर मन्दिर विकाश योजनाको पहिलो चरणको काम र अनुमानित लागत
१. स्लेट सहितको सिँढी निर्माण

२. पानी जाने नाली निर्माण
३. फुटपाथ र रेलिङ निर्माण

४. स्तुपा (२ वटा) निर्माण
५. पुजारीको आश्रय स्थल निर्माण
६.सिँढीमाथी पारदर्शी फाइबर छाना

७. सोलार सिष्टम
८. पानी व्यवस्थापन
९. महादेवको मूर्ति ( गेट अगाडी)

१०. कार्यालय भवन र गेटको मर्मत तथा निर्माण
११. भ्यु प्वाइण्ट निर्माण

१२. सार्वजनिक शौचालय निर्माण
अनुमानित कूल लागत (भ्याट सहित) रु. ९८,१३,६३०.४१